सोलुको बाढी प्रभावित क्षेत्रमा रक्षा मन्त्री सहितको टोली
प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १२:१८

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङ ल्हामु गाउँपालिका–५ थामेको बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न रक्षा मन्त्री मानवीर राई नेतृत्वको टोली पुगेको छ ।
संघीय र प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेको हो । सोलुको थामे खोलामा शुक्रबार आएको भीषण बाढीले विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका १२ वटा घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
बाढीबाट क्षति भएको स्थानमा नेपाली सेना, नेपाल प्रहरी टोलीले उद्धार र सहयोग गरिरहेको छ । बाढीले पुर्याएको क्षतिको विषयमा शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिनुभएको थियो ।
0
Shares