८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री

प्रकाशित मिति :  १ भाद्र २०८१, शनिबार १८:३१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट पारेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उहाँले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभयाे ।

उहाँले यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको भन्द अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन् ।

शिक्षा र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, ‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए । वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन ।

शिक्षकहरुले आफ्नो कर्म र दायित्वलाई इमान्दाररुपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरु समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !