दुर्गम गाउँका विद्यार्थीलाई विद्यालय सामाग्री, महिलालाई सेनिटरी प्याड
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क स्थित दुर्गम गाउँको सीमान्तकृत समुदायका विद्यार्थी अध्ययन गर्ने जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई रोटरी क्लबले विद्यालय सामाग्री प्रदान गरेको छ ।
रोटरी क्लब भादगाउँले सो विद्यालयका सबै विद्यार्थीलाई विद्यालय ब्याग, जुत्ता सहितका पोसाक उपलब्ध गराएको हो । रोटरी क्लब भादगाउँका अध्यक्ष मनोजकुमार कँडेलको पहलमा ती सामाग्री प्रदान गरिएको हो ।
सोही कार्यक्रममा लेखर्कवस्तिका सीमान्तकृत समुदायका महिलाहरूलाई सेनिटरी प्याडको प्रयोगको बारेमा सचेतना कक्षा समेत सञ्चालन गरिएको छ । सीमान्तकृत पहरी समुदायको बाहुल्यता रहेको सो बस्तीका महिलालाई सेनिटरी प्याडको प्रयोग र यसले स्वास्थ्यमा हुने फाइदाको बारेमा जानकारी गराइएको थियो । महिलाहरूलाई प्याड समेत वितरण गरिएको विद्यालयकी प्रधानाध्यापक पार्वती पाठकले जानकारी दिनुभयो ।