टिकटक प्रयोगकर्तालाई खुसीको खबर, प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी
प्रकाशित मिति : 20 August, 2024 2:27 pm
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।
टिकटकले नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बने सँगै प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो ।
टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएको छ। तर सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आउनु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटक प्रतिबन्ध खोल्नेबारे सकारात्मक भएको जनाएको छ ।
0
Shares












