१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुर्यदर्शन सहकारी पीडितले समाधान दैनिक जलाए

प्रकाशित मिति :  ५ भाद्र २०८१, बुधबार १७:५५


पोखरा । सुर्यदर्शन सहकारी पीडितले पोखराबाट प्रकाशित हुँदै आएको समाधान दैनिक जलाएका छन् । कास्की जिल्ला अदालत अगाडी र वडा प्रहरी कार्यालय बैदामको ढोकामै उभिएर सुर्यदर्शन सहकारी पीडितले पोखराबाट प्रकाशित हुँदै आएको समाधान दैनिक जलाएका हुन् ।

करीब १२/१५ जनाको समूहमा रहेका सहकारी पीडितहरुले उक्त पत्रिकामा आगो लगाइरहेको तस्बीर पत्रकार अमृत सुबेदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उहाँले  फेसबुकमा ‘समाचारमा पनि कमजोरी हुन सक्छ तर समाचारप्रति चित्त नबुझे न्यायका निम्ती जाने निकाय हुँदाहुँदै, खण्डन छाप्ने, ध्यानाकर्षण गराउने, मुद्दा हाल्ने विकल्प हुँदाहुँदै पत्रिका नै जलाउनु निन्दनीय’ भएको उल्लेख गरेका छन्।

सहकारी पीडितका समस्याप्रति आफूहरुले निरन्तर कलम चलाइरहेको कुरा उल्लेख गर्दै उहाँले ‘सञ्चार संस्था र पत्रकारितामाथि नै भएको यो अपमानलाई कुनै पनि हालतमा ठिक भन्न सकिँदैन’ भनेका छन् ।

समाधान पत्रिका जलाउने सूर्यदर्शन सहकारी पीडितको यो कदमले मिडियामाथि नै अपमान गरेको उहाँको ठम्याई छ । यसले सहकारी पीडितका मुद्दालाई थप विषयान्तर गर्न सघाउ पुर्याउने उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !