२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बक्यौता उठाउँछौं, तर उद्योग चलाएर – प्रधानमन्त्री

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १७:१३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौता उठाउने बताउनुभएको छ ।

आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको प्रधानमन्त्रीको भनाई छ ।
प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने बताउनुभयो । महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उहाँले बताउनुभयो ।

 

सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उहाँले भन्नुभयोे, ‘बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !