आँबुखैरेनी बस दुर्घटना : २७ जनाको गयो ज्यान , १६ को उपचार हुँदै
प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार २२:०३
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहराबाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको हो । ४१ यात्रु एक चालक र एक सहचालक गरी ४३ जना सवार सो भारतीय नम्बर प्लेटको सो बस बिहान ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौं आउँदै गरेको गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भारतीय पर्यटक बोकेर आएको थियो । बस भिरबाट करिब १ सय ५० मिटर तल नदी किनारमा खसेको थियो ।
घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको थियो ।
0
Shares