१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दोरम्बा शैलुङको लेखर्कमा गएको पहिरोमा ज्यान गुमाउने र बेपत्ता भएकाको पहिचान खुल्यो

प्रकाशित मिति :  ९ भाद्र २०८१, आईतवार ०९:४९


रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएर राति आएको पहिरोमा परि ज्यान गुमाउने र बेपत्ता हुनेको पहिचान खुलेको छ ।

पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका अन्दाजी दुई वर्षीय छोरा आमुस मगरको ज्यान गएको छ । चण्डिकासँगै सो घरमा रहेकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको छ ।

पहिरोले स्थानीयका चारवटा घर बगाएको छ भने पहिरोको कारण पुरै बस्ती जोखिममा छ । पहिरोले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, ४५ वर्षीय उर्मिला पहरी, १५ वर्षका सन्तोष पहरी, १६ वर्षका विज्ञान पहरी, १५ वर्षका सन्दीप पहरी बेपत्ता भएका छन् ।

त्यस्तै करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी पनि बेपत्ता हुनुभएको घटनास्थलमा उद्धार कार्यमा संलग्न नवीन पाठकले जानकारी दिनुभएको छ ।

यसै गरी पहिरोमा पुरिएर गोमा पहरीको घरमा रहेका ३ वटा भैँसी र १० वटा बाख्रा, उर्मिला पहरीका एउटा भैँसी, तीनवटा गाई र १८ वटा बाख्रा तथा कर्णबहादुर पहरीको एउटा बाख्रो पनि बेपत्ता भएका छन् ।

बाढी पहिरोले दुईवटा पक्की पुलमा क्षति गरेको छ । गाउँसम्म जाने बाटो पहिरोले क्षति क्षत विक्षत भएको छ ।

घटनास्थलमा बिहान सबेरैदेखि प्रहरी, तथा स्थानीयले खोज उद्धार गरिरहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !