२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीसँग दमक बासिको भेट, औद्योगिक पार्ककाे काम तुरुन्त सक्न माग

प्रकाशित मिति :  ९ भाद्र २०८१, आईतवार ११:०९


काठमाडौँ । हिजो शनिबार झापा दमकका केही नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट वार्ता गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काङ्ग्रेसका नेता तथा दमक क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डिराज न्यौपानेको नेतृत्वमा उक्त भेटघाट भएको हो ।

भेटघाटका क्रममा दमक क्याम्पसका लागि साइन्स ल्याभ, क्याम्पस बस सहित क्याम्पसको स्तरोन्नतिको माग भएको छ  भने आम्दा अस्पतालमा किड्नी डाइलासिस सहित स्तर उन्नतिको माग भएको छ । यसैगरि  एसियाकै नमूना तथा नेपालकै ठूलो चीन नेपाल मैत्री औद्योगिक पार्क तुरुन्त बनाउन उक्त टोलीले  माग गरेका थिए । 

भेटघाटमा आम्दा अस्पतालका प्रमुख  , एमाले केन्द्रिय सदस्य गोविन्द थापा, याेजना आयाेगकी सदस्य तथा दमक नगरपालिकाको पूर्व उप मेयर गीता अधिकारी लगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गर्नुभएको थियो ।  


0
Shares

प्रतिक्रिया दिनुहोस !