१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामेछापमा मिल्ती खोलाले पाँचवटा घर र पसल बगायो, पुलमा पनि क्षति

प्रकाशित मिति :  ९ भाद्र २०८१, आईतवार १४:२३


रामेछाप । रामेछाप र दोलखाको सिमाना भएर बग्ने मिल्ती खोलाले शनिबार राती पाँचवटा घर तथा पसल बगाएको छ ।

खोलामा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ मिल्तीका घर तथा पसल बगाएको हो । बाढीले मन्थली नगरपालिका–१३ का गणेश खड्का, देवेन्द्र बहादुर मगर, युवराज खत्री र राजकुमार तामाङ  तथा दोलखाको मेलुङ गाउँपालिकाका विकास मगर लगायतको घरमा क्षति पुर्‍याएको छ ।

बाढीले मानवीय क्षति नभएको भए पनि पसलका सामान, लत्ता कपडा लगायतका सामानमा क्षति पुगेको भने जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।

बाढीले रामेछाप र दोलखालाई जोड्ने मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले पुलेका जिमा क्षति पुर्‍याएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !