२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आम्दा अस्पताल, औद्योगिक पार्क र दमक क्याम्पसको बारेमा प्रमलाई जानकारी

प्रकाशित मिति :  ९ भाद्र २०८१, आईतवार १५:३३


काठमाडौं । झापाका मात्र नभएर समग्र देशको लागि हित हुने परियोजना चीन नेपाल मैत्री औद्योगिक पार्कको काम तुरुन्त सक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमकबाट आएको टिमले  जानकारी गराएको छ । 

दमकबाट आएको टोलीले विभिन्न स्कुल, दमक क्याम्पस, आम्दा अस्पतालको समेत स्तरोन्नति गर्न प्रधानमन्त्री सँग माग गरेको छ । 

राम्रा कामको अलिअलि विरोध हुनु स्वभाविकै हो । समग्र देशकै हित हुने काममा विरोध छ भनेर रोक्नुको कुनै अर्थ नहरने भन्दै उक्त टिममा भएका दमककाे सि‌ंह देवी  माविका संचालक समिति अध्यक्ष प्रेम न्यौपानेले राइजिङ सन खबरलाई बताउनु भयो । 

न्याैपानेले भन्नुभयाे -‘ हामिले प्रधानमन्त्रीलाई पनि भन्यौ चीन नेपाल मैत्री औद्योगिक पार्कको काम तुरुन्त सक्नुपर्छ ।  झापाका मानिस पार्क कहिले बन्छ भनेर कुरेर बसेका छन् । यो  पार्कले झापावासीको मात्रै पनि नभएर पुरै देशको हित हुन्छ ‘

अहिले दमक क्याम्पसको स्तरोन्नति अपरिहार्य रहेको बताउँदै उहाँले दमक क्याम्पसमा साइन्स ल्याव र क्याम्पस बसको तुरुन्त आवश्यक रहेको र सो विषयमा प्रधानमन्त्रीलाई समेत बताएको बताउनुभयो । 

उहाँले उक्त टोलीले आम्दा अस्पतालको स्तरोन्नतिको विषयमा समेत कुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘आम्दा अस्पतालमा निशुल्क किड्नी डाइलासिसको व्यवस्था र उक्त कुरालाई चाहिने उपकरणको समेत माग गरेको बताउनुभयो ’

उहाँले औद्योगिक पार्क नबने धर्ना बस्ने समेतको जानकारी प्रमलाई गराएको  समेत बताउनुभयो ।  

 


0
Shares

प्रतिक्रिया दिनुहोस !