८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँचथरमा विस्फोटमा परी २ बालबालिकाको गयाे ज्यान

प्रकाशित मिति :  १४ भाद्र २०८१, शुक्रबार ११:४३


काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा प्राङवुङमा विस्फोटक पदार्थ विस्फोट हुँदा २ बालबालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साबा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।

बिहीबार दिउँसाे विस्फाेटमा परेर गम्भीर घाइते भएका उनीहरुकाे उपचार पाँचथर अस्पतालमा सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो । थप उपचारका लागि झापा लैजाँदै गर्दा प्रिन्साको बिहीबार राति १० बजे बाटोमै ज्यान गएको थियाे । दिप्सनको पनि राति १ बजे ज्यान गएको प्रहरीले जनाएकाे छ ।

विस्फाेटमा परेर ४ जना घाइते भएका थिए । ९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार जारी छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी थिइन् । उनी डीस्चार्ज भएको प्रहरीले जनाएको छ ।

साे ठाउँमा अर्काे शंकास्पद वस्तु पनि फेला परेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !