आज राष्ट्रिय सभाको बैठक बस्दै
प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार ११:०७

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।
बैठक दिउँसो १ः१५ बजे बस्ने तालिका रहेको छ । बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
0
Shares