करीव ५९ लाख म७३घढसल्यको सामान बरामद
प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १३:०२

काठमाडाै। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो ।
बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् ।
बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
0
Shares