३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस् : केपी ओली

प्रकाशित मिति :  २१ भाद्र २०८१, शुक्रबार ०९:२६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरूको पर्व हरितालिका (तीज) को अवसरमा शुभकामना दिनुभएको छ ।

तीज आमा, दिदी, बहिनीहरू जम्मा भएर रमाइलो गर्ने महत्त्वपूर्ण पर्व भएको ओलीले उल्लेख गर्नुभएको छ । उहाँले तीजको रमाइलोसँगै स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गर्नुभएको छ । ‘दिदीबहिनीहरू, तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना’, ओलीले सन्देशमा लेख्नु भएको छ ।

ओलीले आफ्नो बाल्यकालको समयको तीज पनि स्मरण गर्नुभएको छ । ‘आज देशैभर तीजको रौनक छ, बाल्यकालमा तीजमा आमाहरू, दिदीबहिनीहरू जम्मा भएर रमाएको खूब मन पर्थ्यो, यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो, यस बेला तीज सकिएपछि हामी केटाकेटीहरू दशैँ आउने दिन गन्न थाल्थ्यौँ’, ओलीले लेख्नु भएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !