३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं महानगरले सुरु गर्यो एकल सेवा केन्द्र

प्रकाशित मिति :  २१ भाद्र २०८१, शुक्रबार १८:४३


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।

महानगरपालिकाभित्र जुनसुकै सेवा लिनपनि केन्द्रमा आएर टोकन लिनुपर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवा प्राप्त हुने व्यवस्था भएकोले एकद्वार भनिएको हो ।

निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो ।

उनीहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिएका थिए । दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए । यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो । शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन, ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो । यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु हाम्रो कर्तव्य हो । केन्द्र यसका लागि स्थापना भएको हो । केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ ।’

‘केन्द्र इगभर्नेन्सको व्यवहारिक प्रयोग हो ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने,‘नागरिकका

‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’प्रवक्ता मानन्धरले भने, ‘प्रविधिका ज्ञान हुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर यसमा ज्ञान नहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नुहुनेछ ।’

केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त छन् । स्वास्थ्य विभागका प्रमुख दिपक केसी भन्छन् ‘सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनुपर्ने व्यवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नुहुनेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’

निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफीको प्रबन्ध केन्द्रका सुविधा हुन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !