२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

प्रकाशित मिति :  २३ भाद्र २०८१, आईतवार ११:१८


काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उहाँले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटनामा घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !