९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त प्रधानसेनापतिद्वारा शपथग्रहण, राष्ट्रपतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रकाशित मिति :  २४ भाद्र २०८१, सोमबार १२:३०


काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सोही कार्यक्रममा राष्ट्रपतिले प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको लगाइदिनुभएको छ । सेनाका वरिष्ठतम रथीका हैसियतले बलाधिकृत रथी सिग्देलले यसअघि साउन २५ गतेबाट नेपाली सेनाको नियमानुसार कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम रथी सिग्देलले कामु प्रधानसेनापति बन्नु भएको थियो । यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई आजदेखि अनिवार्य अवकाश पाउनु भएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सहभागी हुनुहुन्थ्यो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !