३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बझाङको दुर्गाथलीबाट सेती नदीमा ट्याक्टर खस्यो, दुई जनाको ज्यान गयो

प्रकाशित मिति :  २ आश्विन २०८१, बुधबार १३:४४


काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खसेको हो । प्रहरीका अनुसार बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिकाका सञ्जय बुढा र सोही ठेगाना भएका लोकेन्द्र घर्ती रहेका छन् ।

दुर्घटनामा जाजरकोट त्रिवेणी नलगाडका हेमराज विक, तपेन्द्र विक र नीरज विक घाइते हुनुभएको छ । उहाँहरूको उपचार भइरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !