वर्तमान संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुभएकाे छ ।
संविधान तथा राष्ट्रिय दिवसकाे अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले वर्तमान संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।
अहिलेकाे संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको उल्लेख गर्नुभएकाे छ ।
संविधानकाे संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएकाे छ । ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस, दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान, यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ, सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ, यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ, जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन, यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ, यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ, सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना’- उहाँले लेख्नुभएकाे छ ।