८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछानेलाई कारबाही माग गर्दै आन्दोलनमा उत्रिए पोखराका सहकारी पीडित

प्रकाशित मिति :  ७ आश्विन २०८१, सोमबार १३:५४


काठमाडौं । सहकारी ठगीमा संसदीय छानबिन समितिले दोषी देखिएको भन्दै सरकारलाई कारबाहीको लागि सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका रवि लामिछानेलाई कारबाहीको माग राख्दै पोखराका सहकारी पीडित सडकमा उत्रिएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्था लगायतका सहकारीबाट बचतकर्ताको रकम कानुन विपरीत निकालेर गितेन्द्रबहादुर राई मार्फत गोर्खा मिडियामा लगी रकम अपचलन गरेको प्रमाणित भएपछि लामिछाने लगायतलाई प्रचलित कानुन अनुसार कारबाही गर्न संसदीय विशेष छानबिन समितिले सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा प्रहरीले अनुसन्धानका लागि पूर्वडीआइजी छविलाल जोशी बञ्जाडेलाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिसकेको छ ।

एउटै घटनामा दोषी देखिएका बञ्जाडेलाई पक्राउ गरी अनुसन्धान सुरु भएको भए पनि शक्तिमा रहेको कारण लामिछाने माथि कारबाही सुरु नभएको भन्दै पोखराका सहकारी पीडित आन्दोलनमा उत्रिएका हुन् । सहकारी पीडितले रवि लामिछाने ठग भएको भन्दै कारबाहीको माग गरेका छन् । उनीहरूले रवि लामिछानेलाई पक्राउ गर, पीडितलाई न्याय दे, हाम्रो बचत फिर्ता गर, अपराधीलाई कारबाही गर भन्दै नारा लगाएका थिए ।

उता लामिछानेको पक्षमा पनि रास्वपाका केही कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका छन् । लामिछाने समर्थक कार्यकर्ताले सहिद चोकको चौतारामा प्लेकार्ड सहित केही समय प्रदर्शन गरेका थिए ।

सहकारी ठगी प्रकरणमा आफूलाई पक्राउ गरेर फसाउन लागिएको भन्दै लामिछानेले आफू पीडितको आन्दोलनको नेतृत्व गर्न तयार रहेको अभिव्यक्ति दिइसक्नु भएको छ । लामिछानेले आफू माथि दोष थोपर्न लागेको लागिएको भन्दै जोगाइदिन पनि सार्वजनिक रूपमा आह्वान गर्नुभएको छ । लामिछाने कार्यकारी निर्देशक भएको गोर्खा मिडियामा गितेन्द्रबहादुर राई मार्फत सहकारी ठगीको पैसा आएको, त्यही पैसा आफूले खर्च गरेको लामिछानेले स्वीकार गरिसक्नु भएको छ । तर पनि सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पनि पनि उहाँले बताउँदै आउनुभएको छ ।

अझ संसदीय विशेष छानबिन समितिका सभापति सूर्य थापा लगायतका छानबिन समितिका सदस्यहरूले सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएको सार्वजनिक रूपमा बनाउँदै आउनुभएको अवस्थामा लामिछाने र उहाँको पार्टीका नेताहरूले छानविन समितिले लामिछानेलाई क्लिनचिट दिइसक्यो भन्दै छानबिन समितिको प्रतिवेदनलाई नै बङ्ग्याउन र अपव्याख्या गर्ने काम गर्दै आउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !