८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाबुको हत्या अभियोग छोरा पक्राउ

प्रकाशित मिति :  ९ आश्विन २०८१, बुधबार ११:३६


सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।

 

 

–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !