२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

प्रकाशित मिति :  १३ आश्विन २०८१, आईतवार १६:०४


सुनसरी । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र ९ नम्बर वडाको श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार भएको छ ।

टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरू अस्ति शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुंगामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनुभयो ।

उद्धारका लागि हिजो बिहानैदेखि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न संघीय सरकारसँग समन्वय गरेको थियो ।

प्रतिकूल मौसमका कारण शनिबार उनीहरूकाे उद्धार गर्न नसकिएको मेयर कार्कीले बताउनुभयो ।

यसैबीच कोशी नदीमा पानीको बहाव घट्न थालेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो । करिब ६ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर ६ लाख ४३ हजार कायम भएकाे हाे । तर अहिले खतरा भने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ।

– रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !