८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढी पीडित परिवारलाई एमाले नेता शम्भु श्रेष्ठद्वारा सहयोग

प्रकाशित मिति :  १७ आश्विन २०८१, बिहीबार ०७:३३


रामेछाप । समाजसेवी नेकपा एमाले रामेछापका नेता शम्भुकुमार श्रेष्ठले रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खाका बाढी पीडित परिवारलाई राहत सामाग्री प्रदान गर्नुभएको छ ।

श्रेष्ठले बाढी पीडितलाई खाद्यान्न, भाँडा कुँडा तथा लुगाफाटो लगायतका सामाग्री पीडित परिवारलाई प्रदान गर्नुभएको हो । सित्खाका बाढीले घर बगाएका चित्रबहादुर खत्री, कैलाश माझी, भुवनकुमार खत्री, कमल श्रेष्ठ, पञ्चबहादुर माझी, सानुकान्छा माझी, लक्ष्मण माझी र शम्भु माझी परिवारलाई ५० हजार रुपैँया बराबरका सामाग्री उहाँले प्रदान गर्नुभएको हो ।

राहत सामाग्रीहरू खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्करकुमार लगायतको उपस्थितिमा पीडित परिवारलाई प्रदान गरिएको नेकपा एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढीले खाँडादेवी गाउँपालिका–३ सित्खामा पाँच वटा भन्दा बढी घर बगाएको छ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !