८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  १७ आश्विन २०८१, बिहीबार १०:५५


काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती, कोशी र गण्डकी प्रदेशका विभिन्न ठाउँमा अहिले पानी परिरहेकाे छ ।

भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !