२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दशैं बिदामा आयोग खुला रहने

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार १४:५३


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं विदामा पनि खुला रहनेछन् ।

आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० वजेसम्म कार्यालयहरु खुला रहने छन् ।

आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ । आयोगले यस अवधिमा आयोगले मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !