७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामेछापको भिरपानीमा बस दुर्घटना, एकको ज्यान गयो, १३ घाइते (विवरण सहित)

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार २१:४८


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्द्री खोला नजिकै मंगलबार साँझ बस दुर्घटना भएको छ ।

मंगलबार साँझ पाँच बजेतिर मन्थली–सित्खा सडक खण्डमा काठमाडौंबाट सिन्धुलीको अमारे तर्फ जाँदै गरेको प्र‍. ३-०१-००५ ख ९५७९ नम्बरकाे यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटनामा परेको परेको हो । दुर्घटनामा परि घाइते भएकी सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खहरे खोलाकी १७ वर्षीय युनिसा श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ ।

घाइते अन्य १३ जनालाई तत्काल उद्धार गरी उपचारको लागि सिन्धुली तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो

उहाँका अनुसार सुनकोसी गाउँपालिका ६ अमारेका २८ बर्षिया शोभा थापा, सुनकोसी गाउँपालिका ५ का  २० बर्षिया मनीषा रम्तेल आयुस्मा श्रेष्ठ, सुनकोसी गाउँपालिका ३ का २६ बर्षिया सरिता चौलागाई, सुनकोसी गाउँपालिका ४ का १७ बर्षिया सविता न्यौपाने २७ बर्षिया इन्दिरा रिमाल, इन्दिरा रिमाल घाइते हुनु भएको छ ।

दुर्घटनामा परि सुनकोसी गाउँपालिका ४ का १७ बर्षिया सावित्रा न्यौपाने, १९ बर्षिया उमा न्यौपाने १३ बर्षिया आकृति बयलकोटी, २० बर्षिया मनीषा रम्तेल, ७ बर्षिया प्रीति रिमाल र सुनकोसी गाउँपालिका ५ का ३२ बर्षिया मनिकला ढकाल र उहाँको बच्चा घाइते हुनु भएको उहाँले जानकारी दिनुभयो । उक्त बच्चाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

यस्ताे छ मृतक र घाइतेकाे विवरण:

१) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा ६ खहरेखोला बस्ने काजिमान श्रेष्ठको छोरी बर्ष  १७ की युनिसा श्रेष्ठ –  अस्पतालमा लग्दा बाटोमा नै मृत्य भएको ।

२) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं. ०६ अमारे बस्ने बर्ष २७/२८ की सोभा थापा- टाउको चोट – सामान्य ।

३) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं. ५ बस्ने बर्ष २० की मनिषा रम्तेल – ढाड र बायाँ खुट्टामा चोट- मध्यम । ९८४५४२२८०१

४) ऐ.५ बस्ने बर्ष १९ की आयुस्मा श्रेष्ठ – टाउको ढाड र दाया पाखुरा चोट – मध्यम – ९८६६२७९०७०

५) ऐ.३ बर्ष २६ की सरिता चौलागाई (गर्भवती) – टाउको र दाया कुहिनामा चोट – मध्यम । रिफर सिन्धुली ।

६) ऐ.ऐ.४ बस्ने बर्ष १७ की सविता न्यौपाने –ढाडमा चोट – मध्यम । रिफर सिन्धुली ।

७) ऐ.ऐ. बस्ने बर्ष २७ की  ईन्दीरा रिमाल – टाउकोमा चोट – गम्भिर । रिफर सिन्धुली ।

८) ऐ.ऐ. बस्ने बर्ष १७ की सावित्रा न्यौपाने – ढाड, छाती र वाया खुट्टामा  – मध्यम । ९७६६३७६५१२ । रिफर सिन्धुली

९) ऐ.ऐ. बस्ने बर्ष १९ की उमा न्यौपाने – सामान्य । ९८१३०७९६६६ । रिफर सिन्धुली ।

१०) ऐ.ऐ. बस्ने ईन्दिरा रिमालको ‌छोरी बर्ष १३ की आकृति बयलकोटी – सामान्य । रिफर सिन्धुली ।

११) ऐ.ऐ.बस्ने बर्ष २० की मनिसा रम्तेल – ढाड र दाया खुट्टामा चोट – मध्यम ।

१२) ऐ.ऐ. ४ बस्ने ईन्दीरा रिमालको छोरी वर्ष ७ कि प्रिती रिमाल – हातमा चोट – सामान्य । रिफर सिन्धुली ।

१३) ऐ.५ बस्ने बर्ष ३२ की मनिकला ढकाल – टाउकोमा चोट – दुधे वच्चा साथमा अवस्था गम्भिर । रिफर सिन्धुली ।


226
Shares

प्रतिक्रिया दिनुहोस !