१२ लाख ७४ हजार भारु र ५ लाख ७० हजार नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ
प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १८:३६
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको भिमदत्त नगरपालिका-१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट स्राेत नखुलेकाे १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ बर्षीय अभिशेक गुप्ता छन् । नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ नम्बरकाे स्कुटरमा जाँदै गर्दा उनलाई मंगलबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ब्रह्मदेवको टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद रुपैयाँ र स्कुटरसहित गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको सशस्त्रले जनाएकाे छ ।
113
Shares