२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीपी राजमार्गमा सुख्खा पहिरो : सवारी साधनमा क्षति, यात्रा नगर्न आग्रह 

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार १२:३४


काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका थिए ।

तर शनिबार राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजमार्ग शनिबार विहानबाट एकतर्फी सुचारु भएकोमा पुनः अबरुद्ध भएको छ ।

यस्तै सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ ।

त्यस्तै खोटाङबाट काठमाण्डौंतर्फ आउँदै  गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ ।

काभ्रे प्रहरीले एक सूचना जारी गर्दै राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्च िसडक खण्ड र रोशी गापा–११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फी सडक अवरोध भएकाले यात्रा नगर्न अनुरोध गरेको छ ।

असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !