७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवैध रूपमा सुनकाे कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार १३:१६


काठमाडौं । अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ बांगेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुरका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थानाका ३० वर्षीय आनन्द साहु छन् ।

काठमाडौं न्यूरोड लगायत विभिन्न ठाउँमा अवैध रूपमा भन्सार छली गरिएका बिल बिजक बिनाका सुन बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आनन्दलाई ११६.४५ ग्राम सुनसहित न्यूरोडबाट बुधबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त सुन प्रशन्जितको रहेको भन्ने खुल्न आएपश्चात प्रशन्जितलाई समेत बिहीबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !