७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाङमा बोलेरो दुर्घटनामा चालकसहित दुई जनाको टनास्थलमा नै गयो ज्यान

प्रकाशित मिति :  १० कार्तिक २०८१, शनिबार ०९:२०


काठमाडौं। दाङमा बोलेर जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

शनिवार बिहान ३ः३० बजेतिर राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअप जिप दुर्घटना हुँदा  चालकसहित दुई जनाको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जिप सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको ज्यान गएको हो ।

दुर्घटनामा घाइते दुई जनालाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जिप सडकदेखि तीन सय मिटर तल खसेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !