१८ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  १० कार्तिक २०८१, शनिबार १६:२८


काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले जहाँ पुगे पनि जागरणको बत्ती बाल्ने बताउनुभएको छ ।

विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै ओलीले नेपाली जहाँ पुगे पनि आफ्नो कीर्तिमान कायम राख्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्त्व अहम् रहेको स्पष्ट पार्नुभयो ।

ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने बताउनुभयो । कोभिडको समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलनमा सहभागिताका लागि उहाँले विश्वस्तका स्रष्टाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कृतिहरू समेत लोकार्पण गरिएको थियो ।

 


339
Shares

प्रतिक्रिया दिनुहोस !