७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

२२१ किलो गाँजासहित धनुषाबाट एक जना पक्राउ

प्रकाशित मिति :  ११ कार्तिक २०८१, आईतवार १५:१९


काठमाडाैं । धनुषाबाट २ सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित शनिबार साँझ एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवा छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा  फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !