७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुद्दा जिताईदिने भन्दै करोडौं ठगी गर्ने पक्राउ

प्रकाशित मिति :  १४ कार्तिक २०८१, बुधबार १४:५१


काठमाडौं । फाष्टट्रयाकको विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

काठमाडौंको बुद्धनगरबाट ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगीको अभियोगमा कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ पुर्जी जारी भएको थियो ।
सोही क्रममा प्रहरीले आज दिउँसो १ बजे रवीन्द्र महर्जनलाई पक्राउ गरेको हो ।

 


339
Shares

प्रतिक्रिया दिनुहोस !