१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्पेनमा भीषण बाढी, ९५ जनाको ज्यान लियो

प्रकाशित मिति :  १५ कार्तिक २०८१, बिहीबार ०९:१८


काठमाडौं । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण बाढी आएको छ ।

बाढीले ९५ जना बढीको ज्यान लिइसकेको छ । बाढीले कयौँ सवारीसाधन बगाएको छ ।

बाढीको कारण मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका बस्ती र गल्लीहरू खोलामा परिणत भएका छन् ।

हावा हुरीसँगै आएको बाढीले सो क्षति पुर्‍याएको हो । हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको ज्यान गएको पुष्टि गरेको छ । तर विभिन्न श्रोतहरूले ज्यान गुमाउनको सङ्ख्या ९५ भन्दा बढी रहेको जनाएका छन् ।

बाढीले भ्यालेन्सिया सहर र म्याड्रिड बिचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ ।

अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठुलो क्षति पुर्‍याएको छ ।  घरहरूमा कयौँ फिट पानी भरिएको देखिएको छ । प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेका थिए ।

स्पेनको आपतकालीन कार्यदलका एक हजार भन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ । स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपतकालीन समिति गठन गरेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !