थाई एयरले माग्यो माफी, नागरिक उड्डयन प्राधिकरणले गर्यो उडान अनुमति फुकुवा
प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार ११:५०
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ ।
उडान तालिका नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान भरेपछि प्राधिकरणले थाई एयरलाई उडानमा रोक लगाएको थियो।
अहिले थाइ एयरले माफी मागेपछि आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको छ ।
226
Shares