१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटना, २३ जना बढीको ज्यान गयो

प्रकाशित मिति :  १९ कार्तिक २०८१, सोमबार १४:२२


काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा सोमबार बिहान एउटा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनबाढीको ज्यान गएको छ ।

उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा यात्रीले भरिएको बस अनियन्त्रित भएर खोँचमा खस्दा कम्तीमा २३ जनाको ज्याएको भारतीय सञ्चारमाध्यममा टाइम्स अफ इण्डियाले जनाएको छ । अल्मोडाका विपद् व्यवस्थापन अधिकारी, विनीत पालले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरिसक्नु भएको छ ।

स्थानीयबासीको सहयोगमा घाइतेहरू र मृतकलाई बाहिर निकालिँदै छ ।  बस दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

रामनगर गइरहेको सो बस सल्टनजिकै कोपी नामको स्थानबाट खोँचमा खसेको हो । दुर्घटनामा ज्यान गुमाएकाहरूको शव निकालिँदै छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाउ मण्डल र डीएम अल्मोडासँग फोनबाट जानकारी लिनुभएको छ । उहाँले उद्धार र उपचारमा तीव्रता दिन निर्देश दिनुभएको छ ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र कार्य गरेका छन् । मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले मृतकका परिवारलाई जनही ४ लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि १ लाख रुपैँया दिने घोषणा गर्नुभएको छ ।


1.2k
Shares

प्रतिक्रिया दिनुहोस !