चितवनको रत्ननगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको गयो ज्यान
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ०९:५०
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएको रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
सोही ठाउँका २१ वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
113
Shares