७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार १०:५५


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

एयर अरेबियाको विमानमा शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !