दीपक मनाङे काठमाडौंबाट पक्राउ, आजै जेल पठाइँदै
प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १२:३६
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले जेल सजाएको फैसला सुनाएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । गुण्डा नाइकेको नामले परिचित मनाङे पटक पटक गण्डकी प्रदेशको मन्त्री समेत हुनुभएको थियो ।
अर्का गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको आरोपमा मुद्दा दर्ता भएका मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।
मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार पठाइने छ ।
113
Shares