३०७ किलो गाँजासहित धरानबाट पक्राउ परे कृषि फर्मका सञ्चालक
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १४:०६
सुनसरी । करिब ३ सय ७ किलो गाँजासहित धरान उपमहानगरपालिबाट कृषि फर्मका सञ्चालक पक्राउ छन् ।
धरान-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म सञ्चालक धरान-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हाे ।
उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
113
Shares