मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०८:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
बैठकले पूर्व सभामुख दिवंगत दमननाथ ढुंगानालाई कस्ताे सम्मान गर्ने भन्ने निर्णय गर्नेछ । पूर्वसभामुख ढुंगानाको हिजो मंसिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उहाँकाे आज अन्त्येष्टि गरिँदैछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बस्न लागेकाे हाे ।
आजकाे बैठकले अन्य निर्णय गर्ने पनि बताइएकाे छ ।
113
Shares