ललितपुरमा जुवा र काैडा खेल्ने ११ जना पक्राउ, १ लाख ८० हजार रुपैयाँ बरामद
ललितपुर । ललितपुरमा अवैध रुपमा जुवा-तास खेल्ने-खेलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
सानेपा बागडोलस्थित राजेन्द्र महर्जनको टहरोमा अवैध जुवा-कौडा खेल्ने खेलाउने १२ जनालाई कात्तिक ३० गते पक्राउ गरिएकाे प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका बस्ने श्याम महर्जन, राजिब डंगोल, रत्न महर्जन, अनिल महर्जन,बालकृष्ण महर्जन, पूर्णमान शाक्य, कान्छा महर्जन,बालकृष्ण महर्जन र सञ्जय महर्जन तथा मकवानपुरकाे इन्द्रसरोबर गाउपालिकाका दीपक गुइडे र काभ्रेपलाञ्चोक घर भइ ललितपुर बस्ने धन बहादुर विक छन् ।
गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग सानेपा र प्रहरी परिसर ललितपुरबाट खटिएकाे प्रहरी टोलीले उनीहरुलाई नगदसहित पक्राउ गरेकाे हाे । उनीहरुकाे साथबाट १६ वटा कौडा र नगद १ लाख ८० हजार ५ सय रुपैयाँ बरामद गरिएकाे परिसरले जनाएकाे छ ।
उनीहरुमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे परिसरले जनाएकाे छ ।