७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ७ मंसिर २०८१, शुक्रबार १५:५१


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नकपा एमाले विरुद्ध अनेक हल्ला चलाइए पनि नेकपा एमाले भ्रमको पछि नदौडन बताउनुभयो । ‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाश तर्फ हेरेर कागका पछि पछि दौडन पार्टी होइन’, उहाँले भन्नुभयो ।

नेपाली जनताले ठुलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले बताउनुभयो । नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पार्नुभयो । ‘नेपाली जनता भ्रममा पर्दैन’, उहाँले भन्नुभयो ।

एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उहाँले बताउनुभयो । यो सरकार दशैँ पनि काट्दैन भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उहाँले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पार्नुभयो । ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भन्नुभयो ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताउनुभयो । देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उहाँले बताउनुभयो ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दाबी गर्नुभयो । अहिलेको सरकार आफ्ना मानिलाई शक्तिमा पुर्याउन र अकूत सम्पत्ति कमाउन नबनेको उहाँले बताउनुभयो ।

ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताउनुभयो । उहाँले आफू माथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।

 

बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि ती शक्ति लागेका बताउनुभयो । उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गर्नुभयो । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गर्नुभयो ।

समाज र समुदायका बिच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उहाँले आलोचना गर्नुभयो । नीति अगाडि सार्न नसक्नेले गाली गलौच गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताउनुभयो । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उहाँले भन्नुभयो ।

कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गर्नुभयो । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पार्नु भयो । ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उहाँले भन्नुभयो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !