इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गयो, तीन घाइते
काठमाडौं। सुनसरीको इटहरीमा बिहीबार साँझ मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।
स्कुटरमा पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ । घाइते बबिताको उपचार भइरहेको छ । मृतक गोपाल र बबिता ससुरा–बुहारी भएको बुझिएको छ ।
मोटरसाइकल चालक कोसी गाउँपालिका–८ बस्ने अन्दाजी २६ वर्षीय आसिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनीता पाठक घाइते भएका छन् । उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । आसिकको टाउकोमा चोट लागेको छ भने विनीताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।