दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडाैं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडाैंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।
फेक डकुमेन्टको सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेकाे अभियाेगमा प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेकाे थियाे । मंसिर ५ गते अदालतमा उपस्थित गराइएकाेमा अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे थियाे ।
साे अवधिमा अनुसन्धान नसकिएपछि मंसिर ९ गते पुन: ५ दिन म्याद थप भएकाे थियाे । साे अवधिमा पनि अनुसन्धान नसकिएपछि आज मंसिर १८ गते फेरी म्याद थप भएकाे हाे ।
प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ ।
भारतीय गुण्डाको नाम लिएर धम्की व्यवसायीहरुलाई धम्की दिने प्रसाईंबाट परिचालित हरिचन्द्र फुयाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ । प्रसाईंमाथि पनि यही कसुरमा पनि अनुसन्धान हुन सक्ने बताइएकाे छ ।