२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  १५ पुष २०८१, सोमबार ०९:१३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसार सम्झँदा गुरुङ समुदायको संस्कृति सम्झना आउने ओलीले उल्लेख गर्नुभएको छ । ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

सबैलाई तमु ल्होसारको शुभकामना दिँदै ओलीले लेख्नु भएको छ, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ, सबैलाई तमु ल्होसारको शुभकामना ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !