१२ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्छाैं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २७ पुष २०८१, शनिबार २०:००


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिने बताउनुभएकाे छ ।

नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेकाले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले ती अप्ठ्यारालाई अध्यादेशमार्फत सम्बोधन गरेको प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ ।

आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिसमक्ष सिफारिस गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ । अध्यादेशमार्फत संशाेधन गरिएकाे कानुनले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने आफूहरुकाे विश्वास रहेकाे प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ – ‘आइटीको क्षेत्रमा काम गर्नेहरुलाई खुसीको खबर, नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्याराहरु थिए, अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका छन्, हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ, यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !