एसएसपी बढुवामा राजनीति, अब्बललाई बढुवामा छुटाइयो
काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपीको हिजो एसएसपीमा बढुवा सिफारिस हुँदा बढुवामा अब्बल प्रहरी अधिकारीहरु छुटेका छन् ।
बढुवा सिफारिसमा अब्बल तथा सिनियर प्रहरी अधिकृतहरूलाई पछि पार्ने नियतलेनै बढुवाको खाका तयार परेको पाइएको छ ।
बढुवा सूचीको एक नंवरमा हुने प्रहरी अफिसरको नाम नै बढुवा सूचीमा नराखी बढुवा सूची तयार पारिएको पाईन्छ ।
विगतमा पनि नेता निकट र पैसाको बिटो बुझाउनेहरुको कार्यसम्पादन मूल्यांकनमा अगाडि पार्ने तर नेता र पैसा दुवै बुझाउन नसक्ने व्यावसायिक प्रहरी अधिकृतहरूलाई सधैं पछि पारिदै आएको थियो, त्यसले यसपटक पनि निरन्तरता पाएको छ ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा पर्नुभएकाे छ । उहाँ नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत हुनुहुन्छ । त्यसपछि क्रमश अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा हुनुभएकाे छ ।