११ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार परिवर्तनकाे कुरा अस्थिरता मच्चाउनेको हल्ला मात्र : प्रधानमन्त्री

प्रकाशित मिति :  ११ माघ २०८१, शुक्रबार १५:४८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता मच्चाउन चाहने तत्त्वले सरकार परिवर्तनको हल्ला फिँजाएका बताउनुभयो । यस्ता अस्थिरता मच्चाउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्न ओलीले आग्रह गर्नुभयो ।

काग्रेस एमालेको सत्ता गठबन्धन २०८४ सम्म जाने पनि उहाँले दाबी गर्नुभयो ।  नेकपा एमाले र नेपाली कांग्रेससहितको यो सरकार पूर्व सहमतिबमोजिम २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रशासनिक भवनको कार्यक्रम स्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्य स्थितिले साथ नदिएका कारण आउन नसकेको उहाँले बताउनुभयो । नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उहाँले कामना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पाल्पा उर्वर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्र रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो । केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरूको अर्थ नहुने उहाँले बताउनुभयो ।


452
Shares

प्रतिक्रिया दिनुहोस !